arrow

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
muglin--road.jpg.jpeg

चितवन । इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फि खुलेको छ  ।  

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरेको  र दुर्घटनामा मानवीय क्षति नभएको उदले बताए । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ