आईपीओ र हकप्रद शेयर निष्काशन रोकिएकोप्रति ग्रीन इनर्जीको गम्भीर ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
549
Shares
काठमाडौँ । झण्डै दुई वर्षदेखि ऊर्जा तथा जलविद्युत् कम्पनीहरुको अर्बौं रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन (आईपीओ) तथा हकप्रद शेयर रोकिएकोप्रति ग्रीन इनर्जी अन्ट्रप्रेनर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन इनर्जीले यो समस्या आउनुका पछाडि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा समयमै नेतृत्व चयन हुन नसक्नुले मुख्य भूमिका खेलेको भन्दै संसदको सार्वजनिक लेखा समितिको निर्णय–निर्देशनले पनि असर पारेको जनाएको छ ।
ग्रीन इनर्जीले समितिले बिना अध्ययन तोकेको मापदण्ड साविकका ऐन, नियम र निर्देशिका भन्दा बाहिर रहेकाले सेबोनका कर्मचारीलाई काम गर्न अप्ठेरो परेको देखिएको जनाएको छ ।
विगत केही दिनयता छापाहरुमा ऊर्जा प्रबद्र्धकहरुले बिचौलीको हवाला दिँदै नियामकीय निकायले काम गर्न कमिशन मागेको कुरालेसमेत ग्रीन इनर्जीले ध्यानाकर्षण भएको जनाएको छ ।