युक्रेनमा शान्तिको लागि अमेरिकाको सहभागिता आवश्यक: जर्मन चान्सलर
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
1.6k
Shares
काठमाडौँ ।जर्मन चान्सलर फ्रेडरिक मर्जले बुधबार पेरिसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा युक्रेनमा जारी युद्धको दीर्घकालीन समाधानका लागि संयुक्त राज्य अमेरिकाको निरन्तर सहभागिता अत्यावश्यक हुने धारणा व्यक्त गरेकाछन् ।
“अमेरिकाको सक्रिय सहभागिता विना युक्रेन युद्ध अन्त्य हुन सक्दैन । यो जिम्मेवारी केवल युरोपेली राष्ट्रहरूले एक्लै बहन गर्न सक्ने अवस्था छैन,” मर्जले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको भेटपछि बताए ।
उनले युक्रेनमा स्थायी युद्धविराम र सुरक्षा प्रत्याभूति सुनिश्चित गर्न अमेरिकाको भूमिका अत्यन्त महत्वपूर्ण रहने स्पष्ट गरे ।
“जर्मनी, फ्रान्स तथा अन्य युरोपेली देशहरू सहयोगका लागि तयार छन्,” मर्जले भने, “तर हामी यस सन्दर्भमा अमेरिकी साथ र नेतृत्व अझै आवश्यक हुने कुरामा पूर्ण रूपले सजग छौं ।”
उनले अमेरिकाले नाटोभित्रको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै युक्रेनप्रति निरन्तर समर्थन आवश्यक रहेको उल्लेख गरे ।