arrow

मर्ज बने जर्मनीको नयाँ चान्सलर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
german-chansloor.jpg

काठमाडौँ । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित भएका छन्। मंगलबार भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन भएका हुन्। यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उनले अपेक्षित मत नपाई पराजय व्यहोरेका थिए।

पहिलो चरणमा उनले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए। दोस्रो चरणमा भने उनले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित भए। 

उनन्सत्तरी वर्षको उमेरमा यो पद सम्हालेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गरेका थिएनन् । उनी न संघीय मन्त्री थिए, न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख (मेयर) नै। कोनराड एडेनाउरपछि उनी यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति हुन्, जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ