arrow

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
lightning-always.jpg

दोधारा चाँदनी । कञ्चनपुरको चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आइतबार बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताए । रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ