arrow

केआईआईटीमा साहको मृत्युलाई लिएर पिकेका विद्यार्थीको प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
pk-protest-justice-kiit-(11.jpg

काठमाडौँ । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

स्ववियुको नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले कालो मास्क लगाएर घटनाको विरोध गरेका थिए । उनीहरुले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वि वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

पर्साको वीरगञ्ज निवासी प्रिशा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।

लम्सालको मृत्युको अनुसन्धान पनि जारी नै छ । 

pk-protest-justice-kiit (1).jpg
pk-protest-justice-kiit (2).jpg
pk-protest-justice-kiit (3).jpg
pk-protest-justice-kiit (4).jpg
pk-protest-justice-kiit (5).jpg
pk-protest-justice-kiit (6).jpg
pk-protest-justice-kiit (7).jpg
pk-protest-justice-kiit (8).jpg
pk-protest-justice-kiit (9).jpg
pk-protest-justice-kiit (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ