arrow

जीप दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
accident-final.jpg

उदयपुर । उदयपुरको कटारी नगरपालिका-६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका-३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । 

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते झापाको दमक नगरपालिका-१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारीको कटारी अस्पतालमै उपचार भइरहेको छ । 

दुर्घटनामा दमक-१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक-६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक-२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहाललाई  उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिइएको छ ।

चालक दमक-९ का ३८ वर्षीय देवेन्द्र तामाङको पनि कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ