arrow

विश्व मजदुर दिवस 

न्यूनज्यालामा काम गर्न बाध्य मजदुर र बाल श्रमिक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
itta-bhatta-workers-2025-5-.jpg

काठमाडौँ । मनकुमारी बुढा उमेरले ३७ वर्षकी भइन् । आठ वर्षअघि रोल्पाबाट काठमाडौँ पसेकी उनी राम्रो काम र कमाई हुने काम नपाएपछि ७ वर्षदेखि धुनीबेशीको एक इट्टाभट्टामा काम गर्दै छिन् ।

एघार वर्ष अगाडि श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो र दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनकी छोरीले इट्टा भट्टामा इट्टा बोक्ने काम गर्न थाले । 

एक पटकमा ४० देखि ४५ वटासम्म इट्टा बोक्ने उनीहरुको कमाई कति पटक इट्टा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्दछ । 

जति पटक इट्टा बोक्यो त्यति पटक काजगमा छाप लगाउने र पछि हिसाब गरी दैनिक कमाई निर्धारण गर्ने गरिन्छ । ‘कहिलेकाहिँ शारीरिक अस्वस्थताका कारण काम गर्न सकिँदैन । त्यो दिन त कमाई नै हुँदैन’, मनकुमारीले सुनाइन् ।

इट्टा भट्टामा काम गरेर कम पारिश्रमिक बुझ्ने उनीहरु त उदाहरण मात्र हुन् । चरमरुपमा बालश्रमको प्रयोग गरिने इट्टाभट्टामा ११–१२ वर्षका बालकहरु खच्चर धपाउने काम गर्ने गर्दछन् । 

धुलो धुवाँमा न्यून ज्यालामा काम गर्ने उनीहरुले श्रम शोषण भोग्न बाध्य छन् ।

नेपालगञ्जबाट आएर इट्टा भट्टामा खच्चर धुपाउन ११ वर्षीय राजु, १२ वर्षीय गोलु आफ्नो उमेर भन्दा ठूलो काम गर्दछन् भट्टामा । 

उनीहरुको काम काँचो इट्टा बोक्ने खच्चर धपाउने हो । एक पटक काँचो इट्टा बोकेको खच्चर धपाए बापत ३ रुपैयाँ कमाइ हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाई हुने भएकाले उनीहरुको दौडधुप निकै देखिन्थ्यो ।

धुलो धुँवा, शारीरिक रुपमा धेरै बल लगाउन पर्ने काम भएकाले इट्टा भट्टामा बालश्रमको प्रयोग गर्न नहुने भए तापनि पनि घरको गरिबी, शैक्षिक अवस्था लगायतका विभिन्न कारणले बालबालिकाहरु इट्टा भट्टामा काम गर्न बाध्य छन् ।

 न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरुलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषहरुले समेट्न सकेको छैन ।

itta-bhatta-workers-2025-5-1 (1).jpg
itta-bhatta-workers-2025-5-1 (2).jpg
itta-bhatta-workers-2025-5-1 (3).jpg
itta-bhatta-workers-2025-5-1 (4).jpg
itta-bhatta-workers-2025-5-1 (5).jpg
itta-bhatta-workers-2025-5-1 (6).jpg
itta-bhatta-workers-2025-5-1 (7).jpg
itta-bhatta-workers-2025-5-1 (8).jpg
itta-bhatta-workers-2025-5-1 (9).jpg
itta-bhatta-workers-2025-5-1 (10).jpg
itta-bhatta-workers-2025-5-1 (11).jpg
itta-bhatta-workers-2025-5-1 (12).jpg
itta-bhatta-workers-2025-5-1 (13).jpg
itta-bhatta-workers-2025-5-1 (14).jpg
itta-bhatta-workers-2025-5-1 (15).jpg
itta-bhatta-workers-2025-5-1 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ