आईपीएलमा १४ वर्षीय वैभवले हाने शतक, गुजरातमाथि राजस्थानको शानदार जित
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
563
Shares
काठमाडौँ । राजस्थान रोयल्सले गए राति इन्डियन प्रिमियर लिगको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ। जयपुरमा भएको खेलमा गुजरातले पहिले ब्याटिङ गर्दै २०९ रन बनाएको थियो। तर राजस्थानले १६ औं ओभरमै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
राजस्थानको जितमा १४ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले शानदार शतक बनाए। उनले ११ छक्का र ७ चौकाको मद्दतले १०१ रन बनाए। गुजरातका लागि शुभमन गिलले ८४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
खेलमा केही रोचक घटना पनि भए। गुजरातका ब्याटर साई सुदर्शन र कप्तान शुभमन गिल क्याच आउट हुनबाट बचे। सन्दीप शर्मा बल समात्ने क्रममा घाइते भए। गुजरातको पारीपछि गिल मैदान बाहिर रहे र उनको ठाउँमा इशान्त शर्मा मैदानमा आए। राजस्थानका यशस्वी जायसवालको क्याच पनि सुरुमै विकेटकिपरले छोडेका थिए।
वैभव सूर्यवंशीले ११औं ओभरमा छक्का प्रहार गर्दै शतक पुरा गरेपछि खुसीयाली मनाए। राजस्थानका कप्तान रियान परागले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। उनी ३२ रनमा अविजित रहे।