arrow

दिल्लीलाई हराउँदै बैंगलुरू पुग्यो अङ्क तालिकाको शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
rcb-2025.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आइतबार भएको ४६औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ। यस जितसँगै बैंगलुरू अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अरुण जेटली स्टेडियममा भएको खेलमा बैंगलुरूले टस जितेर बलिङ रोजेको थियो। दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो। जवाफमा बैंगलुरूले १९औँ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

१६३ रनको लक्ष्य पछ्याएको बैंगलुरूले २६ रनमा ३ विकेट गुमाएको थियो। तर त्यसपछि विराट कोहली र क्रुणाल पंड्याले चौथो विकेटका लागि ११९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। क्रुणालले अविजित ७३ रन बनाए भने कोहलीले ५१ रनको योगदान दिए। दिल्लीका भुवनेश्वर कुमारले ३ र जोश हेजलवुडले २ विकेट लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ