काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा घाइते भएका सबैको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा निःशुल्क उपचार हुने भएको छ ।
केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरी केएमसीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको बताएका हुन् ।