arrow

मोटरसाइकल दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु, एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
accident-final.jpg

पोखरा । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाको वालिङ नगरपालिका वडा नं ८ का ६० वर्षीय डम्बरबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । 

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीको मालारानी गाउँपालिकावडा नं ५ बागी बस्ने २६ वर्षीय सुनिता खड्का घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइते खड्काको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको र खत्रीको शव सोही अस्पतालमा राखिएको छ ।  

उनीहरु आइतबार अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै गर्दा लु६०प ९७८५ नम्बरको मोटरसाइकल सन्धिखर्क नगरपालिका वडा नं १० मा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ