arrow

घरेलु मैदानमा राजस्थानलाई हरायो बैंगलुरूले, पुग्यो तेस्रो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
rcb-2025-birat.jpg

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले गए राति आफ्नो घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा राजस्थान रोयल्स (आरआर) लाई ११ रनले पराजित गरेको छ। 

जोश हेजलवुडको उत्कृष्ट बलिङको मद्दतले बैंगलुरू ले सिजनको पहिलो घरेलु जित दर्ता गरेको हो।

टस जितेर बलिङ रोजेको राजस्थानले बैंगलुरूलाई २० ओभरमा ५ विकेट गुमाएर २०५ रनमा सीमित गरेको थियो। बैंगलुरू का लागि विराट कोहलीले ७० रन र देवदत्त पडिकलले ५२ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले।

जवाफी ब्याटिङमा उत्रेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि यशस्वी जायसवालले आक्रामक ४९ रन बनाए पनि अन्य ब्याटहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। ध्रुव जुरेलले ४७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

 यस जितसँगै बैंगलुरू १२ अङ्कसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ भने राजस्थान चार अङ्कसहित आठौँ स्थानमा यथावत् छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ