काठमाठौँ । नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ आयोजना गरेको छ । बिहीबार लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेको हो ।
एक दिने कार्यक्रममा एमालेले ४० वर्ष मुनिका युवाहरु सहभागी हुन अपील गरेको थियो । कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गरेका छन् ।