काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् । यसअघि नै राजीनामा मागेका ओलीले राज्यमन्त्रीले राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।
तामाङले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए । त्यस्तै केही दिनअघि सचिव सुरेश आचार्यले आफ्नो अपमान गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
उनले मिडियामा गृहमन्त्रीले फोन गरेर प्रधानमन्त्रीले राजीनामा मागेको भनेसँगै आफूलाई प्रधानमन्त्रीले नभइ पार्टीले मन्त्री बनाएको हो भनेर जवाफ दिएको बताएका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड रहेका बेलामा ओलीले तामाङलाई हटाएका हुन् ।
तामाङलाई मन्त्रीबाट हटाए पनि उनको स्थान अहिले कसैले लिएको छैन । पार्टीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तामाङ रामेछापबाट निर्वाचित सांसद हुन् ।