एक नेपालीसहित २७ हिन्दूधर्मावलम्बीमाथिको बर्बर हत्याप्रति सरकारले गर्यो कडा शब्दमा निन्दा
नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ, नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
684
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । भारतको जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एक नेपालीसहित २७ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।
आतङ्कवादीहरुले पर्यटकहरुको नाम र धर्म सोधीसोधी गोली हालेर हत्या गरेका थिए ।