arrow

दिल्लीले लखनउलाई हरायो, केएल राहुलले राखे कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
kl-rahul-2025.jpg

काठमाडौँ । जारी आईपीएल १८ को ४१औँ खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपरजायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ। इकाना स्टेडियममा भएको खेलमा लखनउले ६ विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा दिल्लीले १७.५ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

दिल्लीको जितमा अभिषेक पोरेल र केएल राहुलले अर्धशतकीय पारी खेले। पोरेलले ५८ रन बनाए भने राहुलले ३६ रनको योगदान दिए। लखनउका लागि आयुश बडोनीले ३६ रन बनाए।

खेलमा दिल्लीका बलर मुकेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए। उनले मिचेल मार्शलाई शानदार योर्करमा बोल्ड गरे। फिल्डिङमा भने दुवै टोलीबाट केही क्याचहरू छुटेका थिए। अभिषेक पोरेल र ट्रिस्टन स्टब्सले क्याच छोड्दा लखनउका प्रिन्स यादवबाट पनि क्याच मिस भएको थियो।

खेलमा केही रोचक क्षण र कीर्तिमानहरू पनि बने। केएल राहुल आईपीएलमा सबैभन्दा छिटो ५ हजार रन बनाउने ब्याटर बने। उनले १३० इनिङमा यो उपलब्धि हासिल गरे। यसअघि यो कीर्तिमान डेभिड वार्नरको नाममा थियो, जसले १३५ इनिङमा ५ हजार रन पुरा गरेका थिए।

यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकामा १२ अंकसहित दोस्रो स्थानमा भने लखनउ सुपरजायन्ट्स १० अंकसहित पाँचौँ स्थानमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ