कोलकातालाई हराउँदै गुजरात पुग्यो आईपीएलको शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
717
Shares
काठमाडौँ। आईपीएल १८ को ३९औँ खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
इडन गार्डन्स स्टेडियममा भएको खेलमा गुजरातले ३ विकेट गुमाएर १९८ रन बनाएको थियो। जवाफमा कोलकाता ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो।
गुजरातका कप्तान शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाए भने साई सुदर्शनले ५२ र जोस बटलरले ४१ रनको योगदान दिए।
बलिङमा गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले समान २-२ विकेट लिए। कोलकाताका कप्तान अजिंक्य रहाणेले अर्धशतक बनाए पनि अन्य ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।
खेलमा गुजरातका जोस बटलरको २ ओभरमा दुई क्याच छुटेको थियो भने प्रसिद्ध कृष्णाले आफ्नै बलमा रमनदीप सिंहको क्याच लिएका थिए। बटलरले रहाणे र आन्द्रे रसेललाई स्टम्पिङ गरे।
१८औँ सिजनमा छैटौं जित हासिल गर्दै १२ अंकसहित गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाताले पाँचौं हार बेहोरेको छ र टोली तालिकाको सातौं स्थानमा छ। कोलकाताले अहिलेसम्म ३ खेल मात्र जितेको छ।