arrow

आईपीएलमा चेन्नईलाई हरायो मुम्बईले, उक्लियो छैटौं स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
suryakumar-yadav-ipl-mumbai-2023.jpg

काठमाडौँ। मुम्बई इन्डियन्सले आईपीएलको ३८औँ खेलमा चेन्नई सुपर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। वानखेडे स्टेडियममा भएको खेलमा मुम्बईले लगातार तेस्रो जित दर्ता गरेको हो।

टस जितेर पहिले बलिङ रोजेको मुम्बईले चेन्नईलाई ५ विकेटको क्षतिमा १७६ रनमा सीमित गर्‍यो। जवाफी ब्याटिङमा उत्रेको मुम्बईले १६औँ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादव दुवैले अर्धशतक बनाए। रोहितले ७४ रन बनाए भने सूर्याले ६८ रनको योगदान दिए। जसप्रित बुमराहले २ विकेट लिए। 

चेन्नईका लागि शिवम दुबेले ५० र रवीन्द्र जडेजाले ५३ रन बनाए। जडेजाले १ विकेट पनि लिए। यो हारसँगै चेन्नईले यस सिजनको छैटौं खेल गुमाएको छ र टोलीले अहिलेसम्म मात्र २ खेल जितेको छ।

१८औँ सिजनमा चौथो जित दर्ता गर्दै मुम्बई ८ अंकसहित अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। चेन्नई भने ८ खेलमा छैटौं हारपछि तालिकाको १०औँ स्थानमा नै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ