नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सम्भव हुन्छ - उपप्रधानमन्त्री सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
688
Shares
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताए ।
उनले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गर्नुभयो । उनले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने बताए ।
उनले भने, “राम्रो काम गर्न गाह्रो चाहिँ हुन्छ, गाह्रो कामलाई कार्यान्वयनतर्फ लैजानको लागि नेतृत्व राम्रो भयो भने, विश्वासिलो भयो भने सम्भव हुन्छ । ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबैको विश्वास भएको कारणले त्यो आन्दोलनलाई सफलतातिर लगेजस्तै सामाजिक, धार्मिक कार्यहरूलाई पनि सम्पन्न गराउनको लागि विश्वास जितेको नेतृत्वले गर्यो भने सम्भव हुन्छ ।”