arrow

ग्राउण्ड जिरो

बुटवलमा युवतीमाथि गोली चलाउने व्यक्ति नवलपरासीका सिताराम

logo
हाम्राकुरा,
प्रकाशित २०८२ वैशाख ७ आइतबार
goli haneko hotel-2081-1-7-0.jpg

लुम्बिनी । बुटवल उपमहानगरपालिका वडा न-११ बुद्धनगरमा शनिबार बिहान होटलभित्र पसेर एक युवतीमाथि गोली चलाएर फरार रहेका व्यक्ति नवलपरासी बर्दघाट सुस्ता पश्चिम महेशपुरका रहेको खुलेको छ ।

भारतीय युपी नम्वरको मोटरसाइकलमा आएर खुलेआम गोली हानेर भाग्ने व्यक्ति यसभन्दा अगाडि पनि आउने गरेको बुझिएको छ । साविक भुवनपोखरी गाविस-४ हाल रैनादेवी छहरा गाउँपालिका वडा न-३ बल्घा पाल्पामा घर भई अहिले बुटवलको बुद्धनगरमा बस्दै आएकी टीका बिष्ट क्षेत्रीमाथि मधेसी मूलको व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्याल रुपन्देहीका डीएसपी एवं प्रवक्ता सुरज कार्कीले बताए । 

घटनास्थलको 'ग्राउण्ड जिरो'को क्रममा स्थानीयहरुसँग लिइएको जानकारी अनुसार बिहान सवा ८ बजेतिर गोली चलेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार भारतीय नम्बरको स्पेलेण्डर वाइकमा आएका उक्त व्यक्तिले भित्र छिरेर गोली हानेर दक्षिणतिर भागेका थिए । 

गोली लागेर घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज रेफर गरिएकोमा केही उपचार गरेपछि थप उपचारका लागि चितवन लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । युवतीको ढाडमा गोली प्रहार गरेर फरार गरेका व्यक्ति र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको चितवनको मेडिकल कलेजमा गम्भरी अवस्थामा उपचार भइरहेको छ । 

को हुन् गोली चलाउने व्यक्ति ? 
हाम्राकुराले गरेको ग्राउण्ड जिरो स्थलगत रिर्पोटिङमा लिइएको जानकारी र फेला पारेका केही तथ्य अनुसार नवलपरासी बर्दघाट सुस्ता पश्चिम महेशपुरका सिताराम भन्ने व्यक्ति भएको बताइएको छ ।

एक स्रोतका अनुसार यसअघि पनि बन्दुक देखाएर ती युवाले उक्त घाइते भएकी युवतीलाई लगेर गएको थियो । पछि प्रहरीले खोजतलास गरेपछि छोडेको थियो । अहिले आएर घटना घटायो । 

स्रोतले भन्यो, 'मैले बुझे अनुसार होटल खोल्दा ती गोली चलाउने अभियुक्तले ६ लाख रुपैयाँ दिएको र युवतीलाई प्रेम गर्न खोजेको तर युवतीले अस्वीकार गर्दै आएको अवस्था र लेनदेनकै कारण गोली हानेर मार्न खोजिएको हो । 

रिर्पोटिङका क्रममा फेला पारेका तथ्य र घाइते युवतीले बताए अनुसार गोली हान्ने व्यक्तिको पहिचान मिलेको छ । फरार रहेका युवा (अभियुक्त) ले युवतीलाई भिडिओ कलमा पेस्तोल र गोली देखाएको फोटोसमेत फेला परेको छ । घटनास्थल र प्राप्त तथ्यलाई केलाउँदा नियोजित रुपमा ती युवाले ज्यान मार्न खोजेको अनुमान गर्न सकिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ