arrow

युवतीमाथि गोली प्रहार, लुम्बिनी प्रादेशिकमा उपचार

logo
नारायण वली,
प्रकाशित २०८२ वैशाख ६ शनिबार
bullet-firing-tika-bista.jpg

लुम्बिनी । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न-११ बुद्धनगरमा शनिबार बिहान गोली चलेको छ । पाल्पाको रैनादेवी छहरामा घर भई हाल बुटवलको बुद्धनगरमा बस्दै आएकी टीका बिष्ट (क्षेत्री) माथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विहान साढे ९ बजेतिर मोटरसाइकलमा आएको एक अपरिचित मधेसी मूलको व्यक्तिले गोली चलाएर भागेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल रुपन्देहीका डीएसपी एवं प्रवक्ता सुरज कार्कीले जनाएका छन् । 

अहिले घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले प्रहरीले बताएको छ ।

युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ