कुमारी बैङ्कको “टपअप / फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” योजना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
500
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ “टपअप / फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” नामक नयाँ योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ मोडेलको आइफोन १६ जित्ने बम्पर अवसर प्राप्त गर्न सक्नेछन् भने हरेक हप्ता १०० जना भाग्यशाली ग्राहकहरूले रु. १०० को मोबाइल रिचार्ज उपहार प्राप्त गर्नेछन्।
ग्राहकहरूले निम्न दुई कार्यहरू योजना अवधिभित्र गर्नुपर्नेछ:
कम्तीमा रु. १०० को मोबाइल टपअप
कम्तीमा रु. ५०० को फोनपे डाइरेक्ट कारोबार
उक्त कारोबार पूरा गरेपछि ग्राहकहरू स्वतः साप्ताहिक उपहार तथा बम्पर उपहारको लागि योग्य हुनेछन्।
अवधि र उपहार विवरण
साप्ताहिक उपहार: हरेक हप्ता १०० जना विजेताले रु. १०० को मोबाइल रिचार्ज
बम्पर उपहार: योजना समाप्त भएपछि एक भाग्यशाली विजेताले आइफोन १६ प्राप्त गर्ने
योजना २०७९ साल वैशाख १ गतेदेखि २०७९ वैशाख ३१ गतेसम्म लागू हुनेछ।
कुमारी बैङ्कले यस योजनामार्फत आफ्ना ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैङ्किङ एप प्रयोग गरी डिजिटल सेवा अपनाउन प्रेरित गर्न खोजेको हो। बैङ्कको विश्वास छ कि यस्ता योजनाहरूले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र आकर्षक बनाउनेछन्।
कुमारी बैङ्कले हाल देशभर ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर, ५४ शाखारहित बैङ्किङ इकाई मार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ।
२४ वर्षदेखि निरन्तर रूपमा सेवा दिँदै आएको बैङ्कले उत्कृष्ट ग्राहक सन्तुष्टिका लागि आगामी दिनहरूमा पनि अझ सरल र नवीनतम सेवाहरू ल्याउँदै जाने प्रतिबद्धता जनाएको छ।