arrow

हतियार सफा गर्दा गोली लागेर सैनिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
Nepal-army-logo.jpg
तस्बिर – फाइल ।

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास हुन् । 

ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । 

दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ