-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
बैठकमा चैत्र १५ गते काठमाडौंको तीनकुने भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल हुनेछ ।