काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बेलुका भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुङ्गिएको हो । एनएसएलमा तीन खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो ।
यसअघि धनगढीको ललितपुर सिटी एफसीसँगकोे खेल पनि गोलरहित बराबरी खेलेको खेलेको थियो । धनगढीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ गोल अन्तरले हराएको थियो ।
जारी एनएसएलमा चार खेल खेलेको पोखरा यसअघि दुई खेलमा हार बेहोर्दा एक खेल भने जितेको थियो । यससँगै धनगढी तीन खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको पोखरा भने ४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।