arrow

१७ वर्षपछि समातिए नक्कली साधु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
nepal-police12.jpg

काठमाडौँ । जग्गा विवादमा छिमेकीको हत्या गरी १७ वर्षदेखि फरार रहेका पर्साका लोकनाथ साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ। विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय तेली छिमेकी ढोडा मुखिया विनको २०६४ वैशाख २५ गते गोली हानी हत्या गरेपछि फरार भएका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई भारतको चम्पारण पिरियास्थित रामजानकी मन्दिरमा पुजारीको भेषमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनी १० वर्षदेखि साधुको भेषमा त्यहाँ बस्दै आएका थिए।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते तेलीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। नेपाल आएको सूचना पाएपछि सीआईबीको टोलीले सोमबार उनलाई पर्साको वीरगञ्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।

फैसला कार्यान्वयनका लागि तेलीलाई आजै जिल्ला अदालत पर्सामा पेश गरिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ