arrow

सहवासको समय हात्तीको आक्रमणमा परि भारतीयको मृत्यु

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
elephant.jpeg
रत्ननगर (चितवन)। सौराहामा मंगलबार जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ । 
 
सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
बिहान साढे दश बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 
 
हात्ती प्रजनन् केन्द्रमा घुम्ने क्रममा निकुञ्जबाट आएको हात्तीले उनलाई आक्रमण गरेको जनाइएको छ । सौराहामा पालुवा हात्तीसँग सहवासका लागि जङ्गली हात्ती यहाँ आउने गर्दछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ