arrow

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, पहाडी भेगमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। 

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा हल्का वर्षा र हिमपातको पनि पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ