पाँच रेक्टर रेक्टरमाथिका दुई ठूला भूकम्पका धक्का तीन मिनेटको अन्तरमा
यसअघिकै भूकम्पले थलिएको जाजरकोटलाई फेरि सतायो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
917
Shares
काठमाडौँ । भूकम्पले थलिएको जाजरकोटमा फेरि दुई ठूला भूकम्पका धक्का गएका छन् । तीन मिनेटको अन्तरमा भूकम्पका दुई ठूला धक्का गएका हुन् । जाजरकोट केन्द्रविन्दु भएर राति ८ बजेर ७ मिनेट तथा ८ बजेर १० मिनेटमा दुई ठूला धक्का गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।
राति ८ बजेर ७ मिनेट जाँदा गएको पहिलो धक्का ५ दशमलव २ रेक्टर स्केलको थियो । त्यस्तै त्यसको तीन मिनेटमा गएको अर्को धक्का ५ दशमलव ५ रेक्टर स्केलको थियो ।
दुवै धक्काको केन्द्रबिन्दु पेङ्क रहेको थियो ।
यसको धक्का वरिपरिका धेरै जिल्लामा महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसको निरन्तर अनुसन्धान गरिरहेको जनाएको छ ।
उसले पहिलो भन्दा दोस्रो भूकम्पको धक्का ठूलो भएकाले अझ ठूलो पनि आउने हो कि भन्ने शंका व्यक्त गरेको छ ।
जिल्ला प्रशासनले थुप्रै घरहरु चर्केको खबर आएको जनाएको छ । यसले झनै ठूलो चिन्ताको विषय बनेको छ ।