अपडेट
काठमाडौँ । तीन मिनेटको अन्तरमा भूकम्पका दुई ठूला धक्का गएका छन् । जाजरकोट केन्द्रविन्दु भएर उक्त भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।
राति ८ बजेर ७ मिनेट जाँदा पहिलो धक्का गएको हो । त्यसको तीन मिनेटमा फेरि अर्को धक्का गएको हो ।
पहिलो भन्दा दोस्रो धक्का अझ ठूलो भएको बताइएको छ ।
पहिलो भूकम्प ५ दशमलव २ रेक्टर स्केलको रहेको पनि कोइरालाले बताए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दोस्रो भूकम्पको धक्काको अनुसन्धान गरिरहेको छ ।