arrow

मुद्धा हारेपछि कुलमानले यस्तो लगाए सरकारमाथि आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
kulman-ghising-81-12-22.jpg

काठमाडौँ । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्वीकार गरेको भोलिपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले विशेष पत्रकार सम्मेलन गरेका छन् ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको जिकिर गरेका छन् ।

उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको  बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको जनाउँदै उनले बक्यौता नउठाउने गरी आएका दबाब र आग्रहलाई स्वीकार नगर्दा पदबाट हट्नुपर्ने अवस्था आएको जनाएका हुन् ।

‘बक्यौता रकम नउठाउने गरी आएका दबाब र आग्रहलाई मेरो कर्तव्यले स्वीकार गर्न सकेन । संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले दिएन’, उनले भने, ‘यसकारण बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ