देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी प्रदेशमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
612
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा वर्षा र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।