arrow

एनसेल एनएसएलमा ललितपुरको पहिलो जित, पोखराको लगातार दोसो हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
nsl-lalitpur-pokhara-2025.jpg

काठमाडौँ । ललितपुर सिटी एफसीले एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार बेलुकी भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

पोखराको भने यो लगातार दोस्रो हार हो । ललितपरले खेलको ११औँ मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि विदेशी खेलाडी जोनाथन इडवार्डोले गोल गरे । 

यस्तै खेलको ४२औँ मिनेटमा पोखराका समिर तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पूर्याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा ललितपुरका इमोह इजेकले गोल गर्दै आफ्नो टोलीको अग्रता बनाए ।

यसपछि खेलको ७५औँ मिनेटमा ललितपुरका लागि जोनाथन इडवार्डोले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोए आइडोले गोल गरे । ललितपुरले ३–२ गोलअन्तरले जित निकाल्यो ।

ललितपुरले दुई खेलबाट चार अङ्क बनाएको छ । ललितपुरले पहिलो खेल काठमाडौँसँग २–२ गोलको बराबरी खेलेको थियो । पोखरा यसअघि पहिलो खेलमा चितवनसँग २–० गोलअन्तरले हारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ