arrow

मौसम पूर्वानुमान: हिमाली भेगमा हिमपातको सम्भावना, पहाडी क्षेत्रमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली भेगमा हिमपात र पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ