arrow

सडकबाट सरकारलाई पढाउँदै शिक्षकहरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
teachers-protest-against-go.jpg

काठमाडौँ । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरेको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आजदेखि ‘काठमाडौँ जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन थालेको हो । 

एसईईको परीक्षाअघि नै आन्दोलन थालेका शिक्षकहरुले एसईई सकिएपछि अब सरकारलाई सडकबाट पढाउन थालेका हुन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताएका छन् । 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी भइरहेको उनको दाबी रहेको छ । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले चेतावनी दिए ।

उक्त सडक आन्दोलनका कारण माइतीघरदेखि नयाँ बानेश्वरसम्मको जुलुसले वरिपरिको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । 

चैत महिनालाई वर्षौँदेखि आन्दोलन महिनाका नाममासमेत चिन्ने गरिन्छ । यही चैते आन्दोलनले नेपालमा विभिन्न राजनीतिक परिवर्तनसमेत हुँदै आएको छ । 

यसपालि शिक्षकहरुले सरकारलाई पढाएको पाठ सरकारले कहिले बुझ्ने हो थाहा छैन तर काठमाडौँको ट्राफिक अस्तव्यस्तताले भने नागरिकलाई दुःख दिने पक्का छ । 

teachers-protest-against-government-81-12-20 (17).jpg
teachers-protest-against-government-81-12-20 (18).jpg
teachers-protest-against-government-81-12-20 (19).jpg
teachers-protest-against-government-81-12-20 (20).jpg
teachers-protest-against-government-81-12-20 (1).jpg
teachers-protest-against-government-81-12-20 (2).jpg
teachers-protest-against-government-81-12-20 (3).jpg
teachers-protest-against-government-81-12-20 (4).jpg
teachers-protest-against-government-81-12-20 (5).jpg
teachers-protest-against-government-81-12-20 (6).jpg
teachers-protest-against-government-81-12-20 (7).jpg
teachers-protest-against-government-81-12-20 (8).jpg
teachers-protest-against-government-81-12-20 (9).jpg
teachers-protest-against-government-81-12-20 (10).jpg
teachers-protest-against-government-81-12-20 (11).jpg
teachers-protest-against-government-81-12-20 (12).jpg
teachers-protest-against-government-81-12-20 (13).jpg
teachers-protest-against-government-81-12-20 (14).jpg
teachers-protest-against-government-81-12-20 (15).jpg
teachers-protest-against-government-81-12-20 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ