arrow

सेनाको टोली राहत सामग्रीसहित म्यानमारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
nepal-army-myanmar-earthquake.jpg

काठमाडौँ । भूकम्प पीडितलाई राहत सामाग्री बोकेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ।

म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।

टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित  सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाइएको छ।

म्यान्मामा शुक्रबार ७.९ रेक्टर स्केलको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । 

म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने,“प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको छ ।”

उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताहरूका कारण आपूर्ति वितरणमा ठूलो समस्या भोगिरहेका छन् । यसका साथै, भारी यन्त्रको अभावले उद्धार कार्यलाई थप कठिन बनाएको म्यो न्युन्टले बताए । 

यस भूकम्पले म्यान्माको पश्चिमी र दक्षिणी क्षेत्रलाई ठूलो प्रभाव परेको छ, जहाँ दर्जनौँ घर र इमारतहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पको गहिराई र दुरगामी प्रभावका कारण उद्धार कार्यमा समय लागिरहेको छ । सरकारले आपतकालीन राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ ।

राहत कार्यको लागि म्यान्माका प्रमुख शहर र ग्रामीण क्षेत्रहरूमा प्रभावित जनतासम्म खाना, पानी र स्वास्थ्य सहायता पुर्याउन प्रगति भइरहेको छ । तर हालको चिन्ता भनेको जीवितलाई उद्धार गर्न आवश्यक पर्ने थप स्रोत र उपकरणहरूको अभाव हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ