arrow

एनसेल एनएसएलमा साविक विजेता धनगढीको शानदार शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
ncell-nsl-2025-dhan-butwal.jpg

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा साविक विजेता धनगढी एफसीले विजयी सुरुआत गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार बेलुकी सम्पन्न भएको खेलमा धनगढी बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

धनगढीको जितमा अहमद हिजाजीको दुई गोल गरे । त्यस्तै कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक–एक गोल थपे । 

यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए ।  त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । 

खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे । खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४–१ को फराकिलो जित पक्का गरे । 

यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क बटुलेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

बुधबार ललितपुर सिटी र पोखरा थन्डर्सबीच खेल हुनेछ । पहिलो खेलमा ललितपुरले काठमाडौँसँग बराबरी खेलेको थियो भने पोखराले चितवनसँग हार बेहोरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ