arrow

एनसेल एनएसएलको तेसो खेलमा जितहारको टुंगो, चितवनसँग पोखरा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
nsl-npl-chitwan-pokhara-2025.jpg

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको तेस्रो खेलमा आएर जितहारको टुंगो लागेको छ । यसअघिका दुवै खेल बराबरीमा सकिएका अवस्थामा तेस्रो खेलमा जितहारको टुंगो लागेको हो । 

सोमबार बेलुकी सम्पन्न खेलमा चितवन एफसीले जित हासिल गरेको हो । त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।  

चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे । चितवनका माभलोनोभले  खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । 

यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले ३ अङ्क जोड्यो । जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो । 

यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । मंगलबार बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ