arrow

संसद्‌मा कांग्रेस महामन्त्री

तीनकुने घटनाले सबैतिर मन दुखे पनि निर्मल निवासलाई दुखेन - विश्वप्रकाश शर्मा [भिडियो]

विगतमा कांग्रेसले विधानमै 'संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको थियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
bishwaprakash-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भए पनि निर्मल निवास नदुखेको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । 

शर्माले कुनै पनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । उनले राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको बताए । उनले विगतमा कांग्रेसले विधानमै 'संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको बताए । जनतामा रहेका निराशाहरू लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरू हल गर्दै जानुपर्ने बताए ।

शर्माले विद्युत् कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताए । उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरे । उनले अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए । 

उनले भने, ‘सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन ? तर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौँ किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरि हुन्छ भन्दै फैसला चाहन्छु भन्छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ