arrow

खोलामा डुबेर दुई युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
Arghakhanchii-hamrakura.jpeg

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिस्थित खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं १० स्थित झिमरुक नदी र छिर्लिङ्ग खोला दोभानको रहमा पौडी खेल्दा धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ