काठमाडौं। जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी भएपछि नेपाली सेना तैनाथ गरिएको छ। राजावादी समूहले तोडफोड र आगजनी गरेर भागेका छन्।
सुरक्षा संवेदनशीलता बढ्दै गएपछि नेपाली सेना परिचालन गरिएको हो। घटनास्थलमा प्रहरी र दमकल टोली समेत खटिएको छ भने आगलागी नियन्त्रणका प्रयास जारी छन्।
जडीबुटी कम्पनीमा राजावादीले लगाए आगो
राजावादी समूहले काठमाडौँको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन्। राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन्।
कम्पनीकी महाप्रबन्धक डा. सङ्गीता यादवले दिउँसो साढे २ बजे बाहिरबाट ढुंगामुडा सुरु भएको बताइन्। त्यसपछि राजावादी समूहले कार्यालयमा आगो लगाएपछि भागेर ज्यान जोगाएको बताइन्। राजधानी काठमाडौँमा राजावादीहरूको आन्दोलन उग्र बनेको छ। काठमाडौँको तीनकुने आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको छ।