बानेश्वर-तीनकुने मुख्य सडकमा प्रहरीको बार (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
962
Shares
काठमाडौँ। बानेश्वर-तीनकुने क्षेत्रको मुख्य लेनमा प्रहरीले बार लगाएर आवागमन नियन्त्रण गरेको छ। सुरक्षा व्यवस्थालाई कडा बनाउन प्रहरीले यो कदम चालेको हो।
प्रहरीले राजावादी समूहलाई रिङ रोडभित्र प्रवेश गर्न रोक्न उक्त क्षेत्रमा कडाइ गरिएको जनाएको छ। सर्वसाधारणलाई भने साइड लेनमार्फत आवतजावत गर्न अनुमति दिइएको छ।
त्यसै गरी, प्रहरीले शङ्कास्पद गतिविधिहरूको निगरानी बढाउँदै सुरक्षा जाँच समेत गरिरहेको छ। सम्भावित अवाञ्छित गतिविधि रोक्न थप सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।