arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ

नवनिर्वाचित पदाधिकारीलाई देउवाको बधाई तथा शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
1.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पार्टी सभापति शेरबहादुर देउवाले बधाई एवं शुभकामना  दिएका छन्। 

यही चैत्र ८ र ९ गते सम्पन्न अधिवेशनबाट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई सभापति देउवाले पार्टी कार्यालय आफ्नै कक्षमा बोलाएर शुभकामना एवं बधाई दिएका हुन्।

जसमा अध्यक्ष माधवप्रसाद चम्लागाईं, उपाध्यक्ष उदयबहादुर लिम्बू र अनिता घिमिरे गैरे, महामन्त्री गणेशबहादुर खत्री, पूर्व अध्यक्ष प्रकाश पन्त लगायत अन्य सदस्यहरू समेत सहभागी थिए। 

बधाई दिने क्रममा उनले पार्टी सङ्गठन विस्तारमा लाग्न र अझ बढी खट्न समेत निर्देशन दिएको लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्षमा चम्लागाईंले जानकारी दिए। 

साथै उपस्थित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई कार्यकाल सफलताको शुभकामना दिँदै देउवाले पार्टीको सङ्गठन विस्तारमा लाग्न  निर्देशन दिएका छन्। 

यसैगरी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बधाई तथा शुभकामना दिएका छन्। उनले नवनिर्वाचित पदाधिकारीसँग मिलेर काम गर्ने बताएका छन् ।

WhatsApp Image 2025-03-27 at 17.33.36.jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ