पुन स्थापनाको माग गर्दै कुलमानको सर्वोच्चमा रिट, शुक्रवार पेसी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
863
Shares
तस्बिर : फाइल
काठमाडौँ। कुलमान घिसिङको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो। उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग राखिएको छ।
उनले गैर कानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन्। उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ।