arrow

माछापुच्छ्रे बैङ्कका ग्राहकलाई मक्र्योर होटेलमा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
machhapuchhre-bank-mbl-head-office.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटेल लिमिटेड (मक्र्योर होटेल) सँग साझेदारी गरेको छ। यस सहकार्य अन्तर्गत, माछापुच्छ्रे बैङ्कका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मक्र्योर होटेलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन्।

बैङ्कका ग्राहकहरूले मक्र्योर होटेलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उत्तः आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन्। बैङ्कले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्क लिमिटेड पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरू, ९९ शाखारहित बैङ्किङ सेवा र ११ एक्सटेन्स काउन्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटिएमहरू मार्फत १६ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ