arrow

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
accident-final.jpg

पोखरा । अछाममा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका वडा नं १ निवासी २० वर्षीय जीवन थापा छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका जीवनको जिल्ला अस्पताल मङ्गलसेन उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय चेतन थापाको न्याय हेल्थ अस्पताल बयालपाटामा उपचार भइरहेको छ ।

मङ्गलसेन नगरपालिका वडा नं ५ स्थित मध्यपहाडी लोकमार्गमा से७प १४६९ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ