-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करण शनिबारदेखि शुरु भएको छ । कोलकातामा भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स पराजित भएको छ ।
कोलकातालाई रोयल च्यालेन्जर्स बैंगलुरूले ७ विकेटले हराएको हो । १७५ रनको चुनौती बैगलुरूले १६ ओभर २ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
विराट कोहलीले ३६ बलमा अविजित रहँदै ५९ रन बनाए । त्यस्तै पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्ने क्रममा फिल साल्टले ३१ बलमा ५६ रन बनाए ।
त्यस्तै कप्तान रजत पटिदारले १६ बलमा ३४ रन जोडे । लियाम लिभिङस्टोनले ५ बलमा अविजित रहँदै १५ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १७४ रन बनायो । कप्तान अजिन्क्या रहानेले ३१ बलमा ५६ तथा सुनिल नाराइनले २६ बलमा ४४ रन बनाए ।
क्रुनाल पाण्डेयाले ३ तथा जोश हाज्लेवुडले २ विकेट लिए ।
कोलकातासँगको लगातारको चार हारपछि बैंगलुरूले जित हासिल गरेको हो । कोलकाता साविक विजेता हो भने बैंगलुरूले अहिलेसम्म उपाधि जितेको छैन ।