arrow

यस्तो छ आजको राष्ट्रिय सभाको बैठकको सम्भावित कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
Parliament_building-1619601493.png

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउसो सवा १ बजेबाट बैठक शुरू हुनेछ । संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भने राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको व्यहोरा जानकारी गराइनेछ  । 

राष्ट्रिय सभाको सचिव डा सुरेन्द्र अर्यालले ‘सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह समबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सबन्धी केही नेपाल ऐनलाइ संशोधन गर्ने विधेयक, २०८१’ को सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विधायन ब्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिंग कसूर तथा सजायँ (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसूर तथा सजायँ (दोस्रो संशोधन) विधेयक, २०८० लाई पारित गरियोसस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ