arrow

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
accident-final.jpg

सर्लाही । सर्लाहीमा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका वडा नं ५ का ४६ वर्षका नरेशप्रसाद जयसवाल छन् । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका राजदेवी नगरपालिका वडा नं ३ पथराका ४५ वर्षीय सिकेन्द्र बैठाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको डीएसपी राईले जानकारी दिए । 

प्रदेश २-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकल र अर्को प्रदेश २-००६प००६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

अर्का मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका वडा नं १ निवासी ३० वर्षका होसनारायण रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको डीएसपी राईले बताए । मृतक जयसवालको शव परीक्षणका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ